१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सांग्रिला बैंक र एएसजी आई केयरबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस बीच सम्झौता भएको छ। बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो।

बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हेल्थ केयरको तर्फबाट निर्देशक डा. सबिन ढकालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार एएसजी आई केयर एण्ड हेल्थ सर्भिसले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई आँखा सम्बन्धी ओपिडी प्याकेज तथा अन्य सेवाहरूमा माग अनुसारका अन्य स्वास्थ्य सेवाहरू आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गरिने सहमति भएको छ। आँखा चेक जाँचमा बैंकका ग्राहकलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०८० ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App