१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सातवटा प्रदेशका ८१ जनालाई ट्रेकिङ गाईड तालिम

ट्रेकिङ गाइडको तालिम लिँदै प्रशिक्षार्थी। तस्बिरः नागरिक

पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न पर्यटन बोर्डले सातैवटा प्रदेशका ८१ जनालाई ट्रेकिङ गाइड तालिम दिलाएको छ। उनीहरुलाई ३५ दिन अवधिको तालिम दिइएको हो।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा टे«किङ गाईड तालिम दिइएको हो।

तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङ , भूगोल, वातावरण, नेपाली धर्म, इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रा सुरक्षा, जोखिम लगायतबारे प्रशिक्षण दिइएको थियो।  

पर्यटन क्षेत्रको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गर्दै आएको पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले जानकारी दिए। यस्ता तालिमले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना गर्ने उनले बताए। बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यवहारिक कक्षा सञ्चालन गरिएको बताए।  

तालिममा देशैभरिबाट सहभागिताको लागि आव्हन गरिएको थियो। तालिममा सहभागि हुन चाहनेको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरि तालिम दिलाइएको परियोजनाका जिविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए। तालिमका सहभागिताई विभिन्न विधाका २० जना प्रशिक्षकले प्रशिक्षण दिलाएका थिए।

प्रकाशित: ११ जेष्ठ २०८० ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App