coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सूर्यविनायक धुलिखेल सडक विस्तार अघि बढ्यो

सरकारले सूर्यविनायक-धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि चार लेनको सडक विस्तार गर्न सुरु गरेको छ। सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक साँघुरो र ट्राफिक जाम धेरै बढेको भन्दै अहिले यो सडक खण्ड विस्तार गर्न लागिएको हो।

सूर्यविनायक धुलिखेल सडक सडक खण्ड १५.८ किलोमिटर रहेको छ। सो सडक खण्ड दुई खण्डमा बाँडेर निर्माण गरिँदैछ। अहिले यी दुवै खण्डको सडकको ठेक्का प्रक्रिया पूरा भएर अहिले निर्माण कम्पनीले सडकको रेखाङ्कन, रिटेनिङ वाल, नाली लगायतको संरचना निर्माणको काम अघि बढाएको छ।

सरकारले सूर्यविनायक-धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि चार लेनको सडक विस्तार गर्न सुरु गरेको छ।

सूर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली-बर्दीबास सडक आयोजनाका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले सूर्यविनायकदेखि धुलिखेलसम्मको दुई लेनको सडकलाई चार लेनको सडक विस्तार गर्ने काम सुरुआत भइसकेको बताए।

‘यो सडक खण्डको ठेक्का प्रक्रिया सकिएर ठेकेदार कम्पनी मुभिलाइजेसन भइसकेका छन्,’ उनले भने, ‘अहिलेसम्म यो खण्डको सडक समष्टिगत भौतिक प्रगति ४ प्रतिशत मात्रै भएको छ।’

यो सडक खण्ड साँघुरो सडकका कारण पिकआवरमा एक घण्टादेखि डेढ घण्टाभन्दा धेरै जाम भोग्नुपर्ने बाध्यता रहँदै आइरहेको छ। सरकारले चालु आर्थिक वर्षको मंसिरदेखि १५.८ किलोमिटर सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक दुई खण्डमा बाँडेर चार लेन विस्तार गर्ने योजना अघि सारेको छ।

अहिले यी दुवै खण्डको सडकको ठेक्का प्रक्रिया पूरा भएर अहिले निर्माण कम्पनीले सडकको रेखाङ्कन, रिटेनिङ वाल, नाली लगायतको संरचना निर्माणको काम अघि बढाएको छ।

सरकारले कोटेश्वर सूर्यविनायक ६ लेनको सडक विस्तार गरेको १३ वर्षपछि मात्रै सूर्यविनायक धुलिखेल सडक चार लेनमा विस्तार गर्ने काम अघि बढाएको हो। कोटेश्वरदेखि सूर्यविनायकसम्मको सडक विस्तार गरेको झण्डै एक दशकपछि मात्रै सूर्यविनायक धुलिखेल सडक विस्तार गर्न लागिएको हो।

आयोजनाका अनुसार दोस्रो खण्डको सूर्यविनायकदेखि साँगासम्मको सडक निर्माणको ठेक्का भने आशिष, कुमार श्रेष्ठ, बन्दना भगवती जेभीले पाएको छ। यो खण्डको सडकको ठेक्का ३ अर्ब ८८ करोड लागतमा ठेक्का सम्झौता भएको हो। यो खण्डको सडक विस्तार गर्ने ठेकेदार कम्पनीले तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको छ।

ठेकेदार कम्पनीले यो सडक खण्ड सम्पन्न भएको एक वर्षसम्म मर्मतसम्भार गर्ने जिम्मेवारी समेत तोकिएको छ। यो सडक खण्डको लम्बाइ भने ७.७ किलोमिटर रहेको छ। आयोजनाले यो सडक खण्ड तीन वर्षभित्रै निर्माण सम्पन्न हुने गरी ठेक्का लगाएको हो।

सरकारले कोटेश्वर सूर्यविनायक ६ लेनको सडक विस्तार गरेको १३ वर्षपछि मात्रै सूर्यविनायक धुलिखेल सडक चार लेनमा विस्तार गर्ने काम अघि बढाएको हो।

साँगादेखि धुलिखेल सडक खण्डको खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ। लामा कन्स्ट्रक्सनले भ्याटसहित ४ अर्ब ५ करोड ६४ लाख ७५ हजार ८ सय ३५ रूपैयाँमा पाएको हो। लामा कन्स्ट्रक्सनले ८ किलोमिटर ३ सय मिटर सडक चौडा गर्ने ठेक्का पाएको छ।

कार्यालयले मंसिर ९ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र स्वीकृत गर्ने आशयपत्र जारी गरेको थियो। अहिले यो खण्डको सडकको किरानामा रिटेनिङ वाल तथा पुल निर्माणलगायतका कार्य भइरहेको छ ।

प्रकाशित: ८ जेष्ठ २०८० ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App