१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लुम्बिनी विकास कोषलाई मन्त्रालयको स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई विभिन्न विषयमा स्पष्टिकरण सोधेको छ। मन्त्रालयद्वारा जारी निर्देशन अनुसार कोषले १५ दिनभित्र यथार्थ विवरण पेश गर्न निर्देशन दिएको छ।

कोषको क्षेत्राधिकार अन्तर्गतका विभिन्न कार्यहरू गुरुयोजना विपरीत हुने गरी गैरकानूनी रूपमा सम्पादन गरिएको भन्ने गुनासो प्राप्त भएको हुँदा कोषलाई यथार्थ विवरण पेश गर्न मन्त्रालयले निर्देशन  दिएको हो।

मन्त्रालयले १३ बुदाँमा माग उल्लेख गरी कोषलाई १५ दिनभित्र राय प्रतिक्रियासहित बुदाँगत रूपमा यथार्थ विवरण माग गरेको छ। यसै क्रममा मन्त्रालयले कोष परिसरको महायान पोखरीमा गुरुयोजना विपरीत अनधिकृत ढंगबाट बुद्ध मूर्ति बनाउन दिएको हो वा होइन भनेर प्रश्न राख्दै सोको कानूनी प्रक्रिया तथा निर्णय सम्बन्धी विवरण समेत पेश गर्न निर्देश गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई विभिन्न विषयमा स्पष्टिकरण सोधेको छ।

यस्तै विभन्न प्लटहरू बदनियतपूर्ण ढंगले आफूखुसी वितरण गरेको भन्ने सवालमा सो सम्बन्धी निर्णय एवं अपनाइएको मापदण्डसहितको विवरण मागेको छ। साथै सेक्यो जापान लगायतका सम्झौताहरूको समय-सीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरिएकोमा अन्य गुम्बा तथा भौतिक संरचनाका लागि भने आफूखुसी समय बढाउँदै लगिएको भन्ने विषयको पनि मन्त्रालयले उत्तर मागेको छ।

मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीमा करोडौंको टेण्डर निष्कासन गरी रकम अपचलन गरेको, कोष परिसरभित्रका संस्थाहरूको काम, तिनीहरूको नवीकरणको अवस्था, अवलम्वन गरिएको विधि, पद्धति लगायतका विवरणसमेत पठाउन मन्त्रालयले निर्देशन दिएको छ।

कोष परिसरभित्र मोटरबोट सञ्चालनको प्रक्रिया र यसले वायु र ध्वनि प्रदूषण गरेको सन्दर्भ, क्रेन (सारस चरा) फाउण्डेसन मनपरी ढंगबाट दुरूपयोग भएको, कोषलाई विगत पाँच वर्षदेखि विभिन्न दाताले दिएको रकमको यथार्थ विवरण र परिचालनको अवस्था, उपाध्यक्षले पदको दुरूपयोग गरी अन्य संस्थाबाट मासिक रकम बुझ्ने गरेको भन्ने लगायतका विषयमा मन्त्रालयले कोषलाई यथार्थ विवरण पेश गर्न निर्देशन दिएको छ।

प्रकाशित: ८ जेष्ठ २०८० ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App