९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ५.८८ अंकले वृद्धि

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ। आइतबार नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० बिन्दुमा पुगेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले, फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंकले बढेको छ।

आइतबार कारोबारमा आएका २७३ कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। गत बिहीवारको तुलनामा कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबारमा करिब डेढ अर्बको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये आइतवार ९ उपसमूहको परिसूचक बढेको छ। त्यस्तै ४ उपसमूहको परिसूचक भने घटेको छ। जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक २.८० प्रतिशत, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले  बढेको छ। जसमा वित्त, जलविद्यूत,उत्पादन तथा प्रशोधन उपसमूह र विकास बैंकको परिसूचक घटेको छ।

नेप्से परिसूचक बढेसँगै आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर यता कारोबारमा आएको आदर्श लघुवित्तको शेयरमूल्य ६.५६ प्रतिशत घटेको छ। आइबार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।  

प्रकाशित: ७ जेष्ठ २०८० १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App