१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सामान्य उद्घाटनमा मन्त्रीको लस्कर

नेपाल बैंकको शाखा उद्घाटनमा पुगेका लावालस्कर मन्त्रीहरू। तस्बिर: नागरिक<br>

कर्णाली प्रदेशमा आसन्न आर्थिक वर्षका लागि बजेट निर्माण भइरहँदा एउटा बैंकको शाखा उद्घाटन कार्यक्रमका मन्त्रीहरूको लावालस्कर लागेको पाइएको छ। सुर्खेतमा नेपाल बैंक लिमिटेडको नयाँ शाखा उद्घाटन कार्यक्रममा फुर्सदिलाजस्तै कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित ६ जना मन्त्रीहरू भीड देखिएको हो।

कर्णालीमा मुख्यमन्त्रीसहित ८ मन्त्री रहेका छन्। दुई मन्त्रीबाहेक बैंकको शाखा उद्घाटनमा सवै मन्त्रीहरू पुगेपछि कर्णालीमा फुर्सदिला र कार्यक्रमको महत्व नबुझ्ने मन्त्रीको संज्ञा दिँदै आलोचना समेत भएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासहित जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीम प्रकाश शर्मा, सामाजिक विकासमन्त्री खड्क बहादुर पोखरेल, आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मंगल बहादुर शाही बैंकको शाखा उद्घाटनजस्तो सामान्य कार्यक्रममा पुगेपछि सर्वत्र आलोचना भएको हो।

कर्णाली प्रदेशमा आसन्न आर्थिक वर्षका लागि बजेट निर्माण भइरहँदा एउटा बैंकको शाखा उद्घाटन कार्यक्रमका मन्त्रीहरूको लावालस्कर लागेको पाइएको छ।

मन्त्रालयमा आगामी वर्षको बजेट निर्माणको चटारो भइरहँदा मन्त्री फुर्सदिला भएर सामान्य कार्यक्रममा लावालस्कर भएर पुगेका हुन्। मन्त्रालयमा योजना माग्नेहरूको भीड दिनानुदिन बढिरहेका बेला मन्त्रीहरू घुइँचो लागेर सामान्य कार्यक्रममा सरिक हुन थालेका हुन्।

मन्त्रालयमा हिजोआज बजेटमाथि छलफल तीव्र गतिमा भइरहेको छ। तर, कर्णाली मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई त्यसको कुनै वास्ता नै नभएजस्तो कार्यक्रमको महत्व नै नबुझेर भीड लाग्ने गरेको पाइएको छ।

प्रकाशित: ४ जेष्ठ २०८० ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App