१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बक्यौता रकम प्राप्त नभए भुक्तानी नहुने

नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदानका रूपमा प्राप्त नहुञ्जेल कृषिसँग सम्बन्धित सबै बिमाको बीमालेख भुक्तनी दिन कम्पनीहरू असमर्थ भएका छन्। कृषि बिमासँग सम्बन्धित क्षतिको दाबी भुक्तानी गर्न कृषि विभागको असहमति रहेका हुँदा बीमांक एकिन नगरी भुक्तानी दिन नसकिने जनाइएको छ। विभागले यही जेठ ७ गतेदेखि कृषिसँग सम्बन्धित बीमा लेखहरू जारी गर्न तथा दाबी भुक्तानी दिन स्थगन गर्ने भएको हो।

नेपाल बिमा प्राधिकरणले जारी गरेको कृषि बिमा निर्देशिका बमोजिम कार्य गरेका कम्पनीहरूको अनुदान रोकिनुले नेपाल सरकारको कृषि योजनामै नकारात्मक प्रभाव पार्ने बीमा प्राधिकरणको भनाइ छ। नेपाल सरकारले कृषि बिमा शुल्कमा तोकेको अनुदान रकम बिमा कम्पनीलाई दिन हालसम्म करिब ३ अर्ब रूपैयाँ बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ। जसमा माछा र पशुपक्षी बिमाको अनुदान रकम बाँकी रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App