१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

कामना सेवा र एरोजिन हेल्थ केयर एण्ड रिसर्चबीच सम्झौता

कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च बीच सम्झौता भएको छ। सम्झौता अन्तर्गत बैंकसँग आबद्ध सबैले काठमाडौं विशालनगर स्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५ प्रतिशत, स्किन केयरमा ३० प्रतिशत, डेन्टल केयरमा २० प्रतिशत, डे केयर (२४/७ नर्सिङ केयर) मा १५ प्रतिशत, फिजियोथेरापीमा ५ प्रतिशत, ल्याब सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्।

बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने र यस सम्झौताबाट सम्बन्धित सम्पूर्णले विशेष लाभ लिने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ०३:१९ बुधबार

कामना सेवा विकास बैंक एरोजिन हेल्थ केयर एण्ड रिसर्च