११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

उपत्यकाभित्रको अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं महानगरपालिकाले उपत्यकाको सडक किनारामा रहेका पोलमा जथाभावि टाँगिएका तार हटाउन चेतावनी दिएसँगै सोमबारबाट व्यवस्थापन गर्न थालिएको छ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले असरल्ला अवस्थामा रहेका तार वैशाख २७ गतेसम्म नहटाएको खण्डमा आफैं हटाइदिने चेतावनी दिएसँगै इन्टरनेट सेवाप्रदायक कम्पनीले सोमबारदेखि तार व्यवस्थापनको काम सुरु गरेका हुन्।

उपत्यकाको सडक किनारामा जथाभावि टाँगिएका तार व्यवस्थापनको विषयबारे आइतबार सरोकारवाला निकायबीच छलफल भएको थियो। महानगरपालिकाका अनुसार सोमबार माइती घर मण्डलादेखि नयाँ बानेश्वरतर्फको सडक खण्ड र न्युरोड गेटदेखि बसन्तपुरतर्फको सडक खण्डमा अहिले काम भइरहेको छ।

काठमाडौं महानगरपालिकाले उपत्यकाको सडक किनारामा रहेका पोलमा जथाभावि टाँगिएका तार हटाउन चेतावनी दिएसँगै सोमबारबाट व्यवस्थापन गर्न थालिएको छ।

माइती घरतर्फको कामको नेतृत्व डिस होमका यादव तिमल्सिनाले र नयाँ सडकतर्फको कामको नेतृत्व वल्र्ड लिङ्कका सहदेव वरुवालले गरिरहेका छन्। कामका लागि सेवा प्रदायक कम्पनीले २/२ जना खटाएका छन्। काम हरेक दिन बिहान साढे ७ बजेदेखि साढे ३ बजेसम्म हुनेछ। ‘हामीले सेवा प्रदायक सबैलाई सँगै काम गर्न अनुरोध गरेका छौं। तार हटाउन धेरै कम्पनी आएको देखेका छौं।’

अभियान थालनीका क्रममा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भने ‘कोही नआएर उहाँको सेवा अवरुद्ध भयो भने त्यसबाट सेवाग्राहीमा परेको असर सेवा प्रदायक नै हुनुपर्नेछ।’ माइती घर मण्डलामा इन्टरनेटमा आधारित सेवा प्रदायकहरू एकै ठाउँमा देखिए। भेला भएर कामको एकरूपताका लागि योजना बनाए।

पोलमा टाँगिएका तार भुइँमा खसाल्ने, केवल तान्ने काम सडक बाहिरबाट गर्ने, सडकको एक किनारााबाट अर्को किनारासम्म केवल लैजाँदा (क्रसिङ्) एउटै पोलबाट गराउने, यसमा कम्तीमा ५ सय मिटर दूरी कायम गर्ने, एउटै पोलबाट सबै सेवा प्रदायकको केवल पास गराउने, ट्रङ्क फाइबरको जोइन्ट लुप १२ मिटरभन्दा बढी नराख्ने जस्ता विषयमा साझा मत र योजना निर्माण गरेर काम थाले। वितरण बक्स (डीबी बक्स) को लुप त्यही बक्सलाई घुमाएर मात्र राख्ने, हरेक पोलको दुवैतर्फ र हरेक ५ मिटरमा केवल बन्डलिङ् गर्ने सेवा प्रदायकले बनाएको योजना हो।

माइती घर मण्डलामा इन्टरनेटमा आधारित सेवा प्रदायकहरू एकै ठाउँमा देखिए। भेला भएर कामको एकरूपताका लागि योजना बनाए।

सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिम लगायत पक्षमा छलफल गर्दै बैठकले, पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियरहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, द इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइएसपीएएन) का कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरू सहभागी थिए।

सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट्याग) लगाउन १५ दिनको समय दिएर काठमाडौं महानगरपालिकाले वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो। सूचनासँगै टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत् प्राधिकरण, केबुल प्रसारक संघ लगायतलाई पत्र पठाइयो।

सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरू दूर सञ्चार प्राधिकरण, सीसीटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको थियो। 

प्रकाशित: २६ वैशाख २०८० ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App