सिटिजन्स बैंक र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापछि बैंकका कार्डबाहकले उक्त रिर्सोटमा १५ प्रतिशतसम्मको छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ।
प्रकाशित: २० वैशाख २०८० ०२:१३ बुधबार