४ वैशाख २०८१ मंगलबार
अर्थ

ग्रोबाइडाटा सर्भिसेज आफ्नै भवनमा

अमेरिकी राजदूत डिन आर थम्पसनले ग्रोबाइडाटा सर्भिसेज (मार्केटिङ इन्टेलिजेन्स फर्म) को काठमाडौंस्थित नयाँ कार्यालय उद्घाटन गरेका छन्। यो कम्पनीको कार्यालय अमेरिकाको बोस्टनमा पनि रहेको छ। नवनिर्मित भवन विभिन्न समूहसँगको सहकार्य प्रवद्र्धन गर्न र विश्वसनीयता बढाउन सकिने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। यसका सेवाहरू वृद्धि हुँदै जाँदा ब्लुचिप ग्राहकहरूमा मार्केटिङक्षेत्रका नेतृत्वले असाधारण अनुभव गर्न पाउनेछन्, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘मार्केटिङक्षेत्रको नेतृत्व अहिले कम्पनीसँग परिचित छन्। हामी शीर्ष मार्केटिङ फर्महरूको मार्केटिङ इन्टेलिजेन्स पार्टनर बन्ने आकांक्षा राख्दछौं। जसले उनीहरूलाई नयाँ दृष्टिकोण र सेवाहरू प्रस्तुत गर्ने र यसले नयाँ रणनीति बनाउन पनि सहयोग गर्नेछ’,म्यानेजिङ पार्टनर प्रशन्न ढुंगेलले भने।  

ढुङ्गेलका अनुसार ग्रोबाइडाटा सर्भिसेजमार्फत गरिएको लगानीले ग्राहकको सफलता, इन्जिनियरिङ, मार्केटिङ क्षेत्रमा हुने सहकार्यको महत्वलाई प्रतिविम्बित गर्दछ। ‘सन् २०१४ मा एउटा कोठाबाट सुरु गरिएको ग्रोबाइडाटा सर्भिसमा ५ जना मात्र थिए। अहिले काठमाडौं र बोस्टनमा गरेर १०० भन्दा बढी मानिसले काम गरिरहेका छन्। एक ग्राहकबाट सुरु गरिएको सेवा अहिले आधा दर्जन एजेन्सीहरूमार्फत १०० भन्दा बढी ब्राण्डसँग सहकार्य गरिरहेका छौं। त्यतिमात्र होइन कम्पनीले अमेरिका र नेपाल दुबै देशको अर्थतन्त्रमा योगदान गर्न पाउँदा हामी हर्षित र गौरवान्वित महसुस गरिरहेका छौं’, कम्पनीका उपाध्यक्ष सुविन श्रेष्ठले भने।

प्रकाशित: १३ वैशाख २०८० ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App