१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आइएमइको नयाँ योजना

आइएमइले नयाँ वर्षको अवसरमा ‘७ मा ७ तपाइको मेहनतमा हाम्रो साथ’ भन्ने नारासहित नयाँ योजना सार्वजनिक गरेको छ।

योजना अनुसार विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जनालाई ४ हप्तामा कुल २८ भाग्यशाली नवजेताहरूले उपहार स्वरूप जनही नगद ७ हजार रूपैयाँ प्राप्त गर्ने भएका छन्।

उक्त योजना २०८० वैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुने कम्पनीले बताएको छ। विदेशमा रहेका नेपालीहरूले आइएमई वा आइएमईका साझेदारहरू मार्फत पठाएको रकम आइएमई पे, बैंक र आइएमई एजेन्टहरूबाट प्राप्त गरेर यस योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ। योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८० ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App