११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

फ्रुटी र एप्पी फिज बजारमा

फ्रुटीलाई ३ वर्षको अन्तरालपछि नेपाली बजारमा पुनः प्रस्तुत गरिएको छ। नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागु भएपछि पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको छ। अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित भएकी छिन्।

फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको पिइटी बोटलमा उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यसैगरी पार्ले एग्रोले स्याउको कार्बोनेटेड पेय-एप्पी फिज पनि बजारमा ल्याएको छ।

नेपाली बजारका लागि यो नौलो पेय पदार्थ भएको उल्लेख गर्दै कम्पनीले यसमा कृत्रिम नभई साँच्चिकै स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरिएको बताएको छ। एप्पी फिजका लागि अभिनेत्री प्रियङ्का कार्की ब्रान्ड एम्बेसेडर तोकिएकी छिन्। एप्पी फिज १६० मिलि, २५० मिलि, तथा ५०० मिलिको पिटिइ बोटलमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८० ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App