१६ चैत्र २०८० शुक्रबार
अर्थ

१० दिनमै २ अर्ब ३५ करोड लगानी प्रतिबद्धता

काठमाडौं– ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी, जनताको लगानी कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको छ।

जलविद्युतसँग सम्बन्धित आयोजनाहरुमा लगानी गर्न चाहने शेयर लगानीकर्ताले अनलाइनबाटै फारम भरेर शेयर लगानी प्रतिबद्धता जनाउन सक्नेगरी कम्पनीले पुस २५ गतेदेखि छुट्टै वेवसाइट सुरु गरेको थियो। उक्त वेवसाइट एक कार्यक्रमका बीच ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेका थिए।

वेवसाइट सुरु गरेको १० दिन(माघ ५ सम्म)मै कुल २ अर्ब ३४ करोड ३० लाख रुपैयाँबराबरको प्रारम्भिक लगानी प्रतिबद्धता आएको मन्त्रालयले जनाएको छ।

कुल २३ हजार ५ सय २४ व्यक्ति र २६ कम्पनीबाट गरी उक्त रकमबराबरको लगानी प्रतिबद्धता आएको मन्त्रालयले जानकारी दिएको हो। व्यक्तिबाट २ अर्ब २५ करोड ७३ लाख ८९ हजार रुपैयाँ र कम्पनीबाट ८५ करोड ६७ लाख ५ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको जनाएको छ।

जविद्युत् आयोजनाहरुलाई जनताको सहभागिता र समावेशी विकासको सिद्धान्तअनुसार स्वदेशी लगानीमै निर्माण गर्नका लागि कत्तिको प्रतिबद्धता आउने रहेछ भन्ने अनुमान गर्नका लागि पनि मन्त्रालयले अनलाइनमार्फत शेयर लगानी प्रतिबद्धता जनाउन सक्ने व्यवस्था गरेको थियो। मन्त्रालयकाे उक्त कार्यक्रममा देश तथा विदेशमा रहेका नेपालीले अनलार्इन फारम भरेर शेयर लगानीकाे प्रतिबद्धता जनाइरहेका छन्।

प्रतिबद्धता गरिएको शेयर लगानीलाई विद्युत उत्पादन कम्पनी तथा अन्य सरकारी उत्पादक संस्थाहरुले अघि बढाउने आयोजनामा लगाउन सकिने मन्त्रालयका सह प्रवक्ता गोकर्णराज पन्थले बताए।

मन्त्रालयले हाल नलसिङगाड, माथिल्लो अरुण, सुनकोशी–३ जस्ता जलाशययुक्त आयोजनाहरुमा लगानी गर्ने मन्त्रालयले जनाएको छ।

‘लगानी प्राप्त हुने निश्चिततापछि कुनै राम्रो आयोजना छनोट गरेर अघि बढाउने विषयमा निर्णय हुन सक्छ,’ पन्थले भने।

प्रकाशित: ५ माघ २०७३ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App