८ वैशाख २०८१ शनिबार
अर्थ

तीनवटा ठेक्काको प्रगति सन्तोषजनक

भेरी बबई डाइभर्सन आयोजनामा उत्साह

बहुप्रतिष्ठित भेरी-बबई बहुउद्देश्यीय आयोजनाको पावर हाउस निर्माणस्थल। तस्बिर: निर्मल/नागरिक

बहुप्रतिष्ठित भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत निर्माण भइरहेको सुरुङको एक्स-रे गर्दा निर्माणको काम आशालाग्दो तरिकाले अघि बढेको पाइएको छ।

२०७६ वैशाख ३ गते ‘ब्रेक थु्र’ भइसकेको सुरुङमा बाँकी रहेका वा अन्तिम चरणको एक्स-रे (पानी चलाएसरह) गरेजस्तै सबै पक्षको परीक्षण गर्दा चुस्त र दुरुस्त देखिएको आयोजनाले जनाएको हो।

 आवरण निर्माण पूरा भए पनि सुरुङमा पानी चलाउन सकिन्छ वा सकिन्न भनेर यकिन गर्न परीक्षणका लागि दुई वर्ष बढी समय लागेको छ। सुरुङको ब्रेक थु्र भइसके पनि सुरुङमा अन्तिम चरणको सफल परीक्षणका लागि अत्याधुनिक प्रविधि भित्र्याएर सुरुङको कामलाई चाइनिज कोभेक निर्माण कम्पनीले सम्पन्न गरेको छ।

बहुप्रतिष्ठित भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत निर्माण भइरहेको सुरुङको  एक्स-रे गर्दा निर्माणको काम आशालाग्दो तरिकाले अघि बढेको पाइएको छ।

प्रविधि भित्र्याएरै सुरुङमा पानी चलाउन सकिने वा नसकिने परीक्षणमा एक्स-रे जस्तै गरी सबै पक्षको चुस्त र दुरुस्त रहेको सफल रिपोर्ट आइसकेको आयोजनाको दाबी छ। तर बाँध निर्माणपछि मात्र सुरुङमा पानी चलाएर परीक्षण गर्न सम्भव हुनेछ।

चिनियाँ कम्पनी कोभेकले म्याद अवधिभन्दा एक वर्षअघि नै सुरुङको आवरण सम्पन्न गरेकाले सफल परीक्षणपछि आयोजनामा उत्साह थपिएको छ। सुरुङ निर्माण सफल परीक्षणलाई चुनौती मानेको बहुउद्देश्यीय आयोजनाले अन्य कामलाई क्रमिक रूपमा प्राथमिकतामा राखेको पाइएको छ।

चुनौती मानिएको सुरुङ सफल परीक्षणपछि आयोजना सिभिल कार्य (पावर हाउस र बाँध निर्माण), हाइड्रो र इलेक्ट्रोमेकानिकल कार्यका लागि कस्सिएको छ। भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले मुख्य रूपमा सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकल कार्य एक साथ अघि बढाएको छ।

सुरुङ निर्माण सफल परीक्षणलाई चुनौती मानेको बहुउद्देश्यीय आयोजनाले अन्य कामलाई क्रमिक रूपमा प्राथमिकतामा राखेको पाइएको छ।

चुरे क्षेत्रमा नयाँ प्रविधि भित्र्याएर सुरुङ बनाउनु कल्पनाबाहिर भए पनि सफल भएकामा अन्य काम नेपालमा अभ्यास भइसकेकामध्येमा पर्ने सूचना अधिकारी तथा सिडिई लेखनाथ सुवेदीले जानकारी दिए। ‘अब समस्या छैन,’ उनले भने, ‘अढाई वर्षमा भेरीको पानी खसालेर ४६.८ मेगावाट विद्युत् र बाह्रैमास ५१ हजार हेक्टरमा सिँचाइका लागि बबई नदीमा पानी खस्छ।’

सिभिल कार्यको ४२ प्रतिशत प्रगति भएको रेकर्डमा देखिन्छ। सिभिल कार्य भनेको पावरहाउस र बाँध निर्माण हो। यो निर्माण सम्पन्न गर्ने चार वर्षे म्याद साउन अन्तिममा सकिँदै छ। चाइनिज कम्पनी ग्वाङड्वाङ र रमण निर्माण कम्पनीले चार वर्षदेखि सुर्खेतको भेरी गंगा नगरपालिका–११ स्थित चिप्लेमा बाँध निर्माण र भेरी गंगा नगरपालिका–५ स्थित हात्तीखोलामा पावरहाउसको काम गरिरहेको छ।

सिभिल कार्यको ४२ प्रतिशत प्रगति भएको रेकर्डमा देखिन्छ। सिभिल कार्य भनेको पावरहाउस र बाँध निर्माण हो।

बाँध निर्माणका लागि इनटेक, सेटिङ बेसिन र फोरवेको काम भइरहेको छ भने पावरहाउस निर्माण जमिनभित्र तीन तलाबराबरको टरबाइन राख्ने खाल्डोमा सर्किटको कामलाई तीव्रता दिएको देखिन्छ। कोरोनाका कारण पावरहाउस र बाँधको काम पछि परे पनि सन्तोषजनक रहेको भेरी बबई डाइभर्सनका सूचना अधिकारी तथा सिडिई सुवेदीले बताए।

पावरहाउस र बाँध निर्माणको सम्झौता २ अर्ब १७ करोड रूपैयाँमा सम्झौता भएको छ। हाइड्रोमेकानिकल कार्य सम्पन्न गर्न चाइनिज जेभियन ओरियन्ट कम्पनीले जिम्मा लिएको छ। फलामे गेट र ८ सय मिटर ठुलो फलामे (पेन स्टक) पाइप विदेशी कम्पनीमा बनिरहेको जनाइएको छ।

आयोजनाले हाइड्रोमेकानिकलतर्फ पनि २० प्रतिशत प्रगति देखाएको छ। हाइड्रोमेकानिकलतर्फ आयोजनाले आह्वान गरेको बोलपत्रमा २ अर्ब १७ करोड रूपैयाँमा सम्झौता गरिएको छ। यसको म्याद दुई वर्ष बाँकी छ। इलेक्ट्रोमेकानिकल पार्टको सम्झौता ३ अर्ब २८ करोड रूपैयाँमा भएको छ।

पावरहाउस सम्पन्नपछि टरबाइन जडान, सबस्टेसन निर्माणका लागि इलेक्ट्रोमेकानिकल अन्तर्गतका काम हुन्छन्। २०७९ साउन अन्तिममा चाइनिज जेभियन ओरियन्ट कम्पनीसँग इलेक्ट्रोमेकानिकल सम्झौता भएको थियो। इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल दुवै कामको जिम्मा सो कम्पनीले पाएको हो। यसको ८ प्रतिशत प्रगति भएको छ। यसको म्याद तीन वर्ष बाँकी छ।

पावरहाउस सम्पन्नपछि टरबाइन जडान, सबस्टेसन निर्माणका लागि इलेक्ट्रोमेकानिकल अन्तर्गतका काम हुन्छन्।

आयोजनाको सुरु अवस्थामा विभिन्न किसिमका बाधा र अवरोध देखिँदा समस्या उत्पन्न भएको थियो। मुख्य रूपमा कर्णाली प्रदेशको भेरी नदीमा बाँध बाँधेर सुरुङमा पानी खसाल्दा निस्केको पानीको मुद्दा, सुर्खेतको चिप्लेमा आयोजनाले ओगटेको जग्गाको मुआब्जा विवाद र प्रभावित क्षेत्रका स्थानीयलाई स्रोत (सेयर)को भागबन्डा विवादका रूपमा देखिएका थिए।

यी तीनवटा विवाद व्यवस्थापन भइसकेको छ। सुर्खेतको भेरी गंगा नगरपालिका–११ स्थित चिप्लेबाट सुरु सुरुङको पुछार भेरी गंगा नगरपालिका–५ हात्तीखालमा निकालिएको छ। चिप्लेमा १३ मिटर अग्लो बाँध बनाएर सुरुङमा पानी झारी हात्तीखालमा निर्माणाधीन पावरहाउसमा खसालेर विद्युत् उत्पादन र बाँके र बर्दियाको ५१ हजार हेक्टरमा १२ महिना सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य हो।

भेरी–बबई डाइभर्सनमा करिब ३६ अर्ब रूपैयाँ लागत लाग्नेछ। ३५ प्रतिशत वित्तीय भार ओगटेको सुरुङ निर्माणको काम भने कोभेकले सम्पन्न गरिसकेको छ। आयोजनाले समग्रमा ६० प्रतिशत काम सम्पन्न भएको प्रगतिमा देखाएको छ।

प्रकाशित: ३ वैशाख २०८० ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App