२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

२ अंकले व्याजदर घटाउन सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले २ अंकले ब्याजदर घटाउनुपर्ने बताएको छ। सिविफिनका अध्यक्ष पवनकुमार गोल्यानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर २ अंकले ब्याजदर घटाउन माग गरेको बताए। प्रधानमन्त्रीसँगको सोमबारको बैठकमा पनि ब्याजदर घटाउन सुझाव दिएको बताए। ‘ब्याजदर बढ्दा पनि निक्षेप नबढेकाले ब्याज घटाउन आवश्यक छ,’ उनले भने।

बैंक तथा वित्तीय क्षेत्रमा बढ्दै गइरहेका अराजकताप्रति चिन्ता व्यक्त गरे। बैंकिङ सेवा जस्तो सम्वेदनशील र अत्यावश्यक सेवा प्रवाह नै अवरुद्ध हुने स्थिति सिर्जना भएको भन्दै त्यस्ता अवाञ्छित गतिविधि गतिविधि नियन्त्रण गर्न आग्रह गरे।

आत्मनिर्भरतातर्फ उन्मुख नेपाली उत्पादनहरूको समानान्तरमा आयात हुने वस्तु र विलाशिताका वस्तुहरूमा आयकर वा भन्सारदर वृद्धि गर्दा नेपाली उत्पादनको सवद्र्धन हुन गई राजस्व वृद्धि हुने बताए। बैंकहरूको संस्थागत आयकरको दर ३० प्रतिशतबाट २५ प्रतिशतमा झार्न माग गरेका छन्। ‘बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन नदिन पर्याप्त तरलताको सुनिश्चितता गर्नुपर्छ,’ अध्यक्ष गोल्यानले भने। समग्र अर्थतन्त्रमा देखिएको शिथिलताले घरजग्गा, सेयर लगायतका सम्पत्तिहरूको मूल्य तथा कारोबारमा अत्यन्त प्रतिकूल प्रभाव  परेको बताए।

उत्पादनमूलक क्षेत्र तथा रोजगारमूलक उद्योग व्यवासाय, ऊर्जा, निमार्ण, पर्यटन, कृषि जस्ता क्षेत्रका लागि आवश्यक पर्ने कर्जाको ब्याजदर कम्तीमा २ (दुई) प्रतिशतले अन्य क्षेत्रका तुलनामा फरक हुन उपयुक्त हुने सुझाव दिएका छन्।

प्रकाशित: २९ चैत्र २०७९ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App