२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ब्याजदर बजारले निर्धारण गर्छ-गभर्नर अधिकारी

उद्योगी, व्यवसायीले व्याजदर घटाउन माग गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर बजारले निर्धारण गर्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतले व्याजदर घटाउन राष्ट्र बैंकलाई निर्देशन दिएको बताएका छन्। गभर्नर अधिकारीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा अर्थतन्त्र सुधार उन्मुख भएको बताउँदै बैंकको व्याजदर पनि बजारले निर्धारण गर्ने बताए। ‘२०४६ सालदेखि ब्याजदर निर्धारण बजारलाई छाडिएको छ,’ अधिकारीले भने, ‘ब्याजदर बढाउन वा घटाउन राष्ट्र बैंकको खासै भूमिका हुँदैन। डिमान्ड एन्ड सप्लाइले मात्रै ब्याजदर निर्धारण गर्छ।’

केन्द्रीय बैंकका अधिकारीले चाहँदैमा ब्याजदर घट्ने वा बढ्ने नहुने उनको तर्क छ। २०६९ असारमा १३.६ प्रतिशत ब्याजदर पुगेको बताए। अर्थतन्त्र स्ट्रेसमा रहेको भए पनि सुधारोन्मुख भएको उनको जिकिर छ। 

प्रकाशित: २९ चैत्र २०७९ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App