३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

मन्त्रीको अभिव्यक्तिप्रति आनको आपत्ति

नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनमा एकद्वार नीति लगाउने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट सार्वजनिक कार्यक्रममा दिइएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। आनद्वारा जारी विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट सार्वजनिक कार्यक्रममा दिइएको अभिव्यक्तिप्रति ध्यानकर्षण भएको जनाइएको छ।

कुनै अध्ययन विना विज्ञापन क्षेत्रलाई देशको आर्थिक अवस्था बिग्रनुको कारक तत्वको उपमा दिँदै समग्र विज्ञापन उद्योगलाई असर पर्ने गरी दिइएको अभिव्यक्ति मन्त्रीद्वारा गरिएको साह्रै हल्का टिप्पणी भएको जनाएको छ।  

सरकारको दायित्व मुलुकभित्र रहेका साना ठूला सबै प्रकारका उद्योगी, व्यवसायीहरूप्रति समान दृष्टिकोण राखेर अभिभावकत्व प्रदान गर्नुपर्नेमा त्यसो नगरी खुला अर्थतन्त्र र जनताको मौलिक हकलाई चुनौति दिइएको महसुस आनले गरेको हुँदा विज्ञापन संघसँग परामर्श नगरी एकपक्षीय ढंगले गरिएका निर्णय विरुद्ध कानुनी उपायको खोजी गर्ने बताएको छ।  

विज्ञप्तिमा दश दलद्वारा ल्याइएको साझा कार्यक्रममा समेटिएको एजेन्सीले विज्ञापनको बिल जारी गर्दा सञ्चारगृहको बिल समेत पेस गर्नुपर्ने विषयमा हाम्रो आपत्ति रहेको उल्लेख गरेको छ।

प्रकाशित: २८ चैत्र २०७९ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App