३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कामना बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसबारी काठमाडौंस्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ।

उक्त बुथको उद्घाटन काठमाडौं महानगरपालिका वडा ३ का वडा सदस्य कृष्णराज चालिसेले गरेका छन्। बुथ बाँसबारी स्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो। उक्त बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधायुक्त वातावरण बनाउन सहयोग गर्ने बैंकले जनाएको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरूलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरूको जीविकोपार्जन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 

प्रकाशित: २४ चैत्र २०७९ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App