२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाग्लुङमा सिप्रदीको २६औं शाखा

सिप्रदी ट्रेडिङ प्रालिले बाग्लुङमा २६औं शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक कार्यक्रम गरी सर्भिस सेन्टरको शुभारम्भ गरेको हो।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुका अतिरिक्त कम्पनीको प्रमुख व्यावसायिक लक्ष्य भनेको विकासशील आवश्यकताहरूको पहिचान गरी उत्कृष्ट बिक्रीपछिका सेवाहरु गर्ने बताए। ‘ग्राहकको चाहना र आवश्यकतालाई पहिलो प्राथमिकता दिई हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्युइन पार्ट्स तथा ल्युब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको छ,’ उनले भने, ‘टाटा प्रोटेक्टअन्तर्गतको सेवा तथा सुविधाको माध्यमबाट ग्राहकलाई छिटो सेवा प्रदान गरी गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिँदै आएकोे छ।’

सिप्रदीले सो शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकलाई आवश्यक टाटा जेन्युइन पार्ट्स तथा ल्युब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मतको सुविधा दिने र टाटा जेन्युइन पार्ट्समा २२ प्रतिशतसम्म र जेन्युइन आयलमा २५ प्रतिशतसम्म छुट दिने बताएको छ।

कम्पनीले टाटा प्रोटेक्ट अन्तर्गत ४ घण्टाभित्र सर्भिसिङका कामको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र मर्मत कार्यको ग्यारेन्टी प्रदान गर्नेछ यदि नभएमा प्रतिदिन ११ सय रुपैयाँका दरले क्षतिपूर्ति प्रदान गर्नेछ कम्पनीले  बताएको छ।  

प्रकाशित: २० चैत्र २०७९ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App