साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचकमा गिरावट आएको छ।
आईतवार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ विन्दुमा ओरालो लागेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।
आईतवार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ। गत बिहीवारको तुलनामा शेयर कारोबार रकम बढेको छ।
नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आईतवार नेप्से परिसूचकमा गिरावट आएपनि कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। तर यता स्वाभिमान लघुवित्तको शेयरमूल्य ९.६१ प्रतिशत घटेको छ। आईतवार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
प्रकाशित: १९ चैत्र २०७९ ०९:५३ आइतबार





