१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

परिसंघ र इण्डियन च्याम्बरबीच लगानी प्रवर्द्धन समझदारी

नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धन लगायतमा सहकार्य गर्न समझदारी भएको छ।

समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरे। दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरूको आदानप्रदान लगायतमा सहकार्य हुनेछ। हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबै भन्दा पुरानो संस्था इण्डियन च्याम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यावसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरूमा नयाँ सम्भावना खोज्न महत्वपूर्ण हुने बताए। परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले दुई संस्था बीचको सहकार्यले उद्योगीहरूका समस्या, चुनौतीहरूको पहिचान एवं समाधानका लागि पहल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ सदस्य समिति सभापति सन्दिप शारदा, महानिर्देशक दिपकराज जोशी, इण्डियन च्याम्बर अफ कमर्सका महानिर्देशक डा. राजीव सिंह लगायतको उपस्थिति थियो।  

प्रकाशित: १६ चैत्र २०७९ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App