१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न

गएको शनिवार ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको यो प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेका थिए।स्कूटी चलाउने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागी भई अंक पाएको  आधारमा विजेता घोषणा गरिएको थियो।

कार्यक्रमका संयोजक सिद्धार्थ जाजोदियाका अनुसार  राउण्ड टेबल नेपाल अन्तर्गतका सदस्यहरु काठमाडौं एस राउण्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउण्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा शनिवार साँझ सम्पन्न भएको प्रतियोगितामा श्रीजना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका थिए। उनीहरुले सगुन ज्वेलर्सका तर्फबाट पचास हजार वरावरको ज्वेलरी प्राप्त गरेका छन्।  

यसै गरी मुस्कान अग्रवाल र तानिषा अग्रवालको जोडी दोश्रो भएका छन्। उनीहरुले रिभरसाइड स्प्रिङ्ग रिसोर्टको तर्फबाट ३ दिन २ रातको स्टे प्याकेज प्राप्त गरेका छन् भने दीपा थापा र काजल श्रेष्ठको जोडीले भने तेश्रो स्थानमा चित्त बुझाएका छन््। उनीहरुको जोडीले जेम फ्लोरिङ्गका तर्फबाट टर्किस रग प्राप्त गरेका छन्। काठमाडौंका छुट्टा–छुट्टै स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो।

विजेताहरुलाई काठमाडौं एस राउण्ड टेबल नेपाल २१ का अध्यक्ष निश्चल रुगँटा, काठमाडौं रोयल्स राउण्ड टेबल २३ का अध्यक्ष हिमाशुं गोल्छा र काठमाडौं रोयल्स लेडिज सर्कल ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। महिला अत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको आयोजकले जनाएको छ। 

प्रकाशित: १३ चैत्र २०७९ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App