४ वैशाख २०८१ मंगलबार
अर्थ

महिला नेतृत्व शिखर सम्मेलन सुरु

नेपाल उद्योग परिसंघको आयोजनामा दुई दिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे। परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा सुरु भएको सम्मेलन कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेको छ।

सम्मेलनमार्फत लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरूबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, सफलता सुनाउने, प्रोत्साहित गर्ने र सिक्ने अवसर प्राप्त हुने विश्वास लिइएको छ। नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा–छुट्टै सत्रमा छलफल भएको छ। विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिप्स, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरण क्षेत्रमा स्थापित व्यक्तित्वहरूको सहभागिता रहेको छ।

प्रकाशित: १२ चैत्र २०७९ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App