५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

होण्डा टेक्निसियन स्किल कन्टेष्ट-२०२३ सम्पन्न

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसियन स्किल कन्टेस्ट सञ्चालन गर्दै आएको छ। यसै क्रममा यसवर्ष सम्पन्न भएको होण्डा टेक्निसियन स्किल कन्टेष्ट –२०२३ सम्पन्न भएको छ।

स्याकार ट्रेडिङ कम्पनी सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट २/२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए र सो प्रतियोगिता होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो।

प्रतियोगितामा प्रथम द्वितीय तथा तृतीय हुने प्रतियोगीहरूले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए जस अन्तर्गत प्रथम पुरस्कार वज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटिसी पोखराका झलेन्द्र इटानी र तृतीय पुरस्कार नौदेवी मोटर्स् विराटनगरका विनोद शर्माले प्राप्त गरेका छन्।

पुरस्कृत मेकानिकहरू क्रमशः ३० हजार, २० हजार र १५ हजार रूपैयाँ नगद पुरस्कारका साथै प्रमाण पत्र प्राप्त गरेका थिए।साथै अन्य सहभागीहरूले प्रमाण पत्र प्राप्त गरेका थिए। प्रतियोगिता अवधिभर सहभागी प्राविधिकहरू होण्डाको नियम तथा अनुशासन पालना गर्दै ‘होण्डा स्ट्याण्डर प्रोसिड्योर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए।

यसअघि पनि विभिन्न मितिमा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरेको र त्यस अन्तर्गत काठमाडौंबाट २ जना, विराटनगरबाट २ जना, जनकपुुरबाट २ जना, पोखराबाट २ जना र भैरहवाबाट २ जना प्रतियोगीहरू छनोट भई आएका कम्पनीले जनाएको छ। कम्पनीले यस प्रकारको प्रतियोगिताबाट सहभागी प्राविधिकहरूको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरेको छ।

प्रकाशित: ८ चैत्र २०७९ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App