coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

नेकपा (एमाले)ले रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए।

महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटीरहेका बेला नेपालमा किन वृद्धि गर्नु प¥यो भनि सरकारलाई प्रश्न समेत गरे। उनले आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि सरकारलाई दवाव दिए।

महासचिव पोखरेलले भने, ‘अन्तराष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्य वृद्धि गर्ने काम गरेको छ। यो अत्यन्तै अनुचित छ। जबकी हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो। आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्नका लागि पर्याप्त मात्रामा उपलब्ध गराउने निर्णय गरेको थियो। यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आईलाग्यो? जसले चाँही किसानलाई एक प्रकारले भन्ने हो भने कृषि क्षेत्रबाट विस्थापित गर्ने योजना अन्तरगत रासायनिक मलको अस्वभाविक मूल्य वृद्धि गर्ने खालको काम ग¥यो। त्यो सर्वथा अनुचित छ। हामीले नेपालको आर्थिक विकासको सन्दर्भमा कृषि क्षेत्रलाई राज्यको तर्फबाट विशेष ध्यान दिन जरुरी छ। अन्य क्षेत्रका अनुदानहरु कटौति गरेर भएपनि कृषि क्षेत्रको अनुदान वृद्धि गर्न आवश्यक छ।’

महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। कृषि क्षेत्रको विकासका लागि लागि पूँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो।

प्रकाशित: ५ चैत्र २०७९ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App