१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंकिङ सेवा अवरुद्ध नगर्न परिसंघको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रमा देखिएको नियोजित घटनाप्रति आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ।

परिसंघले एक विज्ञप्ति जारी गरी मंगलबार हेटौडामा बैंकिङ सेवा अवरुद्ध गर्ने, सेवाग्राहीलाई सेवा लिनबाट बञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्राचार गरी धम्की दिने घटनाप्रति खेद प्रकट गरेको छ।

परिसंघले विज्ञप्तिमार्फत कुनै पनि समस्याको समाधान खोज्न वार्ता र संवादको विकल्प नभएको जनाएको छ। संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरू तत्काल रोक्न नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरूलाई हार्दिक आग्रह गर्दछौं।’

प्रकाशित: २ चैत्र २०७९ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App