२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘प्याडिलक्स गर्ल्स अन ह्विल्स’

राउन्ड टेबल नेपाल अन्तर्गतको विराटनगर प्राइम राउन्ड टेबल १० ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला लक्षित प्याडिलक्स गल्र्स अन ह्विल्स कार्यक्रमको आयोजना गर्ने भएको छ। यही मार्च ११ तारिखका दिन संस्थाले महिलालक्षित प्याडिलक्स गल्र्स अन ह्विल्स कार्यक्रमको आयोजना गर्ने भएको हो।

कार्यक्रममा एक स्कुटरमा २ जनाका दरमा सय स्कुटर समावेश गरिने र प्रतियोगीहरूले विराटनगरका विभिन्न १० ओटा स्थानमा पुगेर दिएका संकेतका आधारमा आवश्यक कार्य पूरा गर्नुपर्ने आयोजकले बताएका छन्।

हरेक केन्द्रका लागि अलग अलग संकेत र कार्यहरू हुने र पूरा गरिएका कार्यका आधारमा सहभागी प्रतियोगिताहरूले नम्बर प्राप्त गर्दछन। सोही नम्बरकै आधारमा प्रतियोगिहरूबाट विजेता घोषणा गरिने संस्थाले जनाएको छ।

यसै क्रममा पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुनेलाई लोयड १ टनको एसी, दोस्रोलाई लोयडको वासिङमेसिन र तेस्रोलाई हेभल्सको जुसर ग्राइन्डर पुरस्कार दिइने संस्थाले जनाएको छ।

यसका साथै कार्यक्रममा विभिन्न अतिथिसहित राष्ट्रिय स्तरका कलाकारले मनोरन्जन प्रदान गर्ने आयोजकले जनाएको छ।

नारी दिवसका अवसरमा कार्यक्रममा सहभागी नारीहरूको दिन मनोरञ्जनमय बनाउँदै उत्साह थप्न यस कार्यक्रमले मदत गर्ने संस्थाको विश्वास छ। साथै यसबाट संकलन भएका रकम राउन्ड टेबलले सामाजिक सेवामा खर्च गर्ने बताएको छ।

प्रकाशित: २६ फाल्गुन २०७९ ०३:२७ शुक्रबार

‘प्याडिलक्स गर्ल्स अन ह्विल्स’ राउन्ड टेबल नेपाल