२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सामान्य घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँ कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।रासस

प्रकाशित: १९ फाल्गुन २०७९ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App