१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालगन्ज विमानस्थलमा बनाइदै अत्याधुनिक टर्मिनल भवन

मन्त्री सुदन किराती सहित उच्च अधिकारीद्वारा निरीक्षण

निर्माणाधिन अत्याधुनिक टर्मिनल भवन निरीक्षण गर्दै सँस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती लगायत। तस्बिर : अर्जुन ओली/नागरिक

नेपालगन्ज विमानस्थल कार्यालय परिसरमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्न लागिएको छ। विमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माण गर्न लागिएको हो।

उक्त निर्माण कार्यका लागि शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरेको छ। ठेकेदार कम्पनीका अनुसार अत्याधुनिक टर्मिनल भवनको काम सन् २०२२ डिसेम्बर १६ बाट सुरु भएको थियो। सम्झौता अनुसार टर्मिनल भवन निर्माणको काम सन् २०२५ डिसेम्बर १५ मा सम्पन्न गरिनेछ।

अत्याधुनिक टर्मिनल भवन मापदण्डअनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइन सहित आन्तरिक र अन्तराष्ट्रिय दुबै किसिमका हवाई उडानका लागि निर्माण हुने सम्बद्ध अधिकारीले बताएका छन्।  

सँस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती सहित उच्च अधिकारीले नेपालगन्ज बिमानस्थल क्षेत्रको स्थलगत निरीक्षण गरे। विमानस्थलमा बुधबार उच्च अधिकारीसहित आइपुगेका मन्त्री किरातीले निर्माणाधिन अत्याधुनिक टर्मिनल भवनसहित आवश्यक भौतिक पुर्वाधारको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा उनले कार्यप्रगतिबारे जानकारी लिएका थिए। निर्माण कम्पनीलाई तोकिएको समयभित्र काम सम्पन्न निर्देशन दिदै मन्त्री किरातीले गुरुयोजना अनुसार काम सम्पन्न भएपछि नेपालगन्ज बिमानस्थलबाट अन्र्तराष्ट्रिय उडान गर्न बाटो खुल्ने बताए।

‘भब्य र सुविधाजनक टर्मिनल भवन बनिरहेको छ, पश्चिम नेपालको शहर नेपालगन्ज विमानस्थललाई केन्द्र बनाएर पश्चिम पहाडको बिमानस्थलमा जनतालाई सेवा दिने सरकारको उद्देश्य पनि हो,’ उनले भने ‘भविष्यमा नेपालगन्जबाट अन्र्तराष्ट्रिय उडान सुरु गर्ने सरकारको लक्ष्य छ।’ सो क्रममा ठेकेदार कम्पनीका प्रतिनिधी सौरभ शर्माले दुई तल्ला सहितको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तोकिएको समय अगाडी नै सम्पन्न गर्ने प्रतिवद्धता जनाए।  

‘अबको ६ देखी ७ महिनामा स्टकचरको काम सम्पन्न गर्ने र त्यसपछि त्यसपछि फिनिसिङको काम गर्न हामीलाई एक/डेढ वर्ष जति लाग्न सक्छ,’ शर्माले भने ‘तोकिएको समयभन्दा ५/६ महिना अगाडी विमानस्थल कार्यालयलाई भवन हस्तान्तरण गरिसक्ने लक्ष्य छ।’

केही समयअघि सामाग्रीको अभाव सिर्जना भएपनि अहिले करिव एक चौथाई जति निर्माण सामाग्री स्टक राखिएको जानकारी दिए। निर्माण कार्य सुरु भएको दुई महिनाभित्रमा १० प्रतिशत भौतिक प्रगती भएको उनको दाबी छ।

नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नेपालगन्ज बिमानस्थलको गुरुयोजना अनुसार नै काम भइरहेको बताए। ‘गुरु योजना अनुसार टर्मिनल भवन निर्माण कार्य सुरु भएको छ, हामीले नेपालगन्ज बिमानस्थलको रनवे १८ सय मिटर पुर्यायौं, अझै ७ सय मिटर रनवे थप्नुपर्नेछ, यो सबै काम गुरुयोजना अनुसार भएको हो,’ उनले भने। गुरुयोजना अनुसार टर्मिनल भवन करिव ८ हजार वर्गफिट स्क्वायरमा निर्माण गर्न लागिएको छ।

प्रकाशित: १७ फाल्गुन २०७९ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App