१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ताम्राकार मोबाइल व्यापार संघको अध्यक्षमा शर्मा

उपत्यकाको न्युरोडमा रहेको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरूको भेलाले गुरुदत्त शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरूको छाता संस्था मोबाइल व्यापार संघको अध्यक्षमा शर्मा निर्विरोध चयन भएका हुन्।

शर्माको नेतृत्वमा १७ सदस्यीय समिति चयन भएको छ। मोबाइल व्यापार संघको वरिष्ठ उपाध्यक्षमा अनिल ढकाल, महासचिवमा गोपालबहादुर क्षेत्री रहेका छन्। त्यसैगरी, उपाध्यक्षद्वयमा विवेक शर्मा, कल्पना तिवारी रहेका छन्। रमण पराजुली सचिव, मोती कोइराला कोषाध्यक्षमा चयन भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा निर्जश कार्की, बलराम कार्की, सरोज गौतम, रविन डाँगी, सुनिता कार्की, रामदास ठकुरी, निर्मल अर्याल, चन्द्रमान श्रेष्ठ, सपना बानियाँ चयन भएका छन्। संघको वरिष्ठ सल्लाहकारमा संजित पौडेल, सुदिप बानियाँ छनोट भएका छन्।

नव निर्वाचित अध्यक्ष शर्माले संघले मोबाइल व्यवसायीका समस्यालाई समाधान गर्न पहल गर्ने बताए।  कार्यक्रममा संस्थापक अध्यक्ष जगत साउदले नव निर्वाचित कार्यसमितिलाई व्यवसायीको हकहितमा काम गर्न सुझाव दिए।

प्रकाशित: १७ फाल्गुन २०७९ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App