बजाजले ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान ल्याएको छ। कम्पनीले बजाजका नक्कली स्पेयर पार्टस् किन्नबाट ग्राहकलाई सचेत गराउने उद्देश्यले उक्त जनचेतनामूलक अभियान ल्याएको हो।
कम्पनीले यस अभियानमार्फत उपभोक्तालाई आफ्ना आधिकारिक वर्कसपहरूमा पाइने गुलाबी स्टिकर टाँसिएका स्पेयर पार्टस् मात्र सक्कली भएकाले ती मात्र किन्न सचेत बनाउन खोजिएको बताएका छन्।
गुलाबी स्टिकर हेरेर स्पेयर्स पार्टस् किनेमा ग्राहक निश्चिन्त हुन सक्ने र झुक्किन नपर्ने दाबी कम्पनीले गरेको छ।
प्रकाशित: १५ फाल्गुन २०७९ ०१:१३ सोमबार