१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

युएईमा नेपोलीटाना पास्ता नुडल्स बिक्री सुरु

नेपोली टाना पास्ता नुडल्स संयुक्त अरब इमिरेट्स (युएई)मा बिक्री गर्न सुरु गरिएको छ। युएईमा भइरहेको ‘गल्फ फुड एक्स्पो–२०२३’ मा पहिलो पटक नेपोलीटाना पास्ता नुडल्स लन्च गरिएको हो।

 एक्स्पोमा पहिलो पटक नेपोलीटाना पास्ता नुडल्सको लन्च गर्दै विक्रीवितरण सुरु गरिएको उद्योगी महेश जाजुले जानकारी दिए। खाद्य तथा पेय प्रदर्शनीको ‘गल्फ फुड एक्स्पो’मा विराटनगरका ३ वटा उद्योगको उत्पादनका स्टल रहेका छन्।

एसियन थाई फुड्स, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेज गरी ३ उद्योगले आ–आफ्ना स्टल राखेर सहभागिता जनाएका हुन्। दुबईस्थित अलमुस्ताकवाल प्लाजामा भइरहेको एक्स्पोमा एसियन थाई फुड्सले उत्पादन गरेको नेपोलीटाना पास्ता नुडल्सको लन्च गरिएको हो। नेपालबाट प्रतिनिधित्व गरेका ३ वटै उद्योगको स्टलको उद्घाटन युएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालले गरेको उद्योगी महेश जाजुले बताए।

नेपाली बजारमा एक सातापछि नेपोलीटाना पास्ता नुडल्सको बिक्री वितरण सुरु भइसक्ने उद्योगी जाजुले जानकारी दिए। उनका अनुसार एक्स्पोमा नेपोलीटाना पास्ता नुडल्सका साथै रमपम चाउचाउ, कोरियन रामेन टुपिएम अकबरे, गुडलाइफ ब्रान्डका विभिन्न बिस्कुट, टुपिएम चिजबल, गुडलाइफ जुसलगायतका उत्पादन राखिएका छन्।

प्रकाशित: १४ फाल्गुन २०७९ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App