४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुडासैनी कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्ष

कृषि बिकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पुडासैनी निजामती सेवामा लामो अवधिसम्म कार्यरत रही राजस्व सचिवबाट अनिवार्य अवकाश प्राप्त व्यक्ति हुन्। उनले आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव सँगालेका छन्।

नवनियुक्त अध्यक्ष पुडासैनीलाई गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन्। उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरहरू निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्टलगायतको सहभागिता थियो।

प्रकाशित: १४ फाल्गुन २०७९ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App