१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमाली पदयात्रा गर्ने पर्यटक बढे

रसुवा-हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । 
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् । गत वर्षको सोही अवधिभन्दा आगमन करिब पाँच सयले वृद्धि भएको छ । 

अहिलेसम्म पर्यटक प्रवेश शुल्कबाट रु ५३ लाख ९० हजार राजस्व प्राप्त भएको छ । असोज, कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम भएकाले दैनिक ५० भन्दा बढी पर्यटकको हिमाली क्षेत्रमा आगमन हुन थालेको निमित्त प्रमुख भेटवालले जानकारी दिए । 

भूकम्पपछि पुनःनिर्माण अन्तर्गत लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लजको व्यवस्थापन भइसकेकाले पाहुनालाई खानपिन र बसोबासमा कुनै समस्या नआउने व्यवसायीले बताएका छन् । 

पर्यटकको प्रमुख प्रवेशद्वार धुन्चेमा नेपाली सेना, नारायणदल गणको जाँचचौकीले पर्यटक आउनासाथ छिटोछरितो परीक्षण गरी पठाउने गरेकाले निकुञ्ज भ्रमण गर्ने पर्यटक बढी प्रफुल्लित हुने गरेको पथप्रदर्शकले जनाएका छन् । रासस 

प्रकाशित: २९ आश्विन २०७३ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App