२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यावसायिक साझेदार सम्मेलन सम्पन्न

मुक्तिनाथ कृषि कम्पनीले व्यावसायिक साझेदारहरूको वार्षिक सम्मेलन सम्पन्न गरेको छ।

कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा विस्तारमा अहोरात्र खटिरहेका व्यावसायिक साझेदारहरूको कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृङ्खलाको उचित व्यवस्थापन र समग्र कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले व्यावसायिक साझेदार, कृषि कम्पनी र बैंकको त्रिपक्षीय साझेदारीद्वरा कृषि क्षेत्रलाई उद्यमको रूपमा विकास गर्दै ग्रामीण क्षेत्रको अर्थतन्त्र उकास्न समग्र कृषि अर्थ चक्रको व्यवस्थित विकास गर्नुपर्ने बताएका छन्।

उनले बैंक तथा वित्तीय संस्थाहरूको लगानी उत्पादनशील क्षेत्रभन्दा बाहिर भइरहेको अवस्थामा अवको लगानी क्षेत्र कृषि हुनुपर्ने कुरामा जोड दिएका छन् ।

प्रकाशित: ५ फाल्गुन २०७९ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App