१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

डिजिटल विज्ञापन कम्पनी सञ्चालनमा

काठमाडौं– आम विज्ञापनदातालाई पहुँच र पारदर्शिता दिन भन्दै डिजिटल एड नेटवर्क सुरु भएको छ। अन्तर्राष्ट्रिय विशेषज्ञले नेपाली बजारलाई मध्यनजर गर्दै डमरु एड नेटवर्क नामक कम्पनी सञ्चालनमा ल्याएको छ।

यसले वेब प्रकाशक तथा विज्ञापनदातालाई अनलाइन विज्ञापन गर्न लोकल प्ल्याटफर्म प्रदान गर्दै एड स्पेस प्रदान गर्दछ। यसले सर्भर कोडमार्फत विज्ञापनदातालाई स्पेस बिक्री गर्छ। जसमा डिस्प्ले गरिएको विज्ञापनलाई हेर्ने भिजिटरको संख्या समेत हेर्न मिल्ने विज्ञप्तिमा उल्लेख छ।

डमरुमा विज्ञापन प्रकाशन गर्दा प्रकाशकले कम मेहनतमै आम्दानी गर्न सक्ने कम्पनीले बताएको छ। सो नेटवर्ककमा समाचार, मनोरन्जन र सूचनामूलक सामग्रीको माध्यमबाट आम्दानी गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७३ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App