२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्युआर’ सेवा सुचारु

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटी टेकले ‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्युआर’ सेवा थालनी गरेको छ। कम्पनीले यसका लागि फिन पोससँग सहकार्य गरेको जनाएको छ।

सहकार्यपछि ग्राहकले मर्चेन्ट प्वाइन्टका फिनपोस डिभाइसहरूमा आफ्नो एनसिएफ उपलब्ध रहेको स्मार्टफोन प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्। साथै इन्टरनेट बिना पनि ग्राहकले नेपाल पे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। त्यसैगरी डायनामिक नेपाल पे क्युआरलाई पनि बैंकले आफ्ना फिनपोसमा सुचारु गरेको बताएको छ। बैंकले सुरुआत गरेको पिओएस डिभाइसमा क्युआर र एनएफसी मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो भएको दाबी गरेको छ।

 

प्रकाशित: २४ माघ २०७९ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App