१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु

मिडिया स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले ‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु गरेको छ। कृषि क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी आयोजकले दिएका छन्। यही माघ २७, २८ र २९ गते हुने प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालन गरिने भएको छ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका १ सय ५० भन्दा बढी स्टल राखिने भएको छ। प्रदर्शनीमा कुखुरापालन, माछा पालन, बाख्रापालन, गाई भैंसीपालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादीरहित कृषिका विभिन्न विधाका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएका छन्। 

प्रकाशित: १९ माघ २०७९ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App