१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएकामा आज पाँच सय रुपैयाँले बढेर एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ पुगेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ। रासस

प्रकाशित: १८ माघ २०७९ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App