२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उच्च अंकको सेयर गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार उच्च अंकले नेप्से परिसूचकमा गिरावट आएको छ। पछिल्लो समय सेयरबजार निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेसँगै केही सम्मालिएको सेयरबजार फेरि राताम्मे भएर घट्न थालेको हो। साताको दोस्रो दिन सोमबार ४१.१६ अंकले घटेर २१२७.३७ बिन्दुमा झरेको छ। साताको पहिलो कारोबार आइतबार १४ अंकले घटेको सेयरबजार सोमबार भने झन् ठूलो अंकले घटेको छ।

८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २३ रूपैयाँको कारोबार भएको छ। सोमबार ९ कम्पनीको सेयर बढेको छ भने २०४ कम्पनीको सेयर घटेको छ। आइतबारको तुलनामा सोमबार भने कारोबार रकममा केही वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्सेका तीन वटै उपसूचक घटेका छन्। सेन्सेटिभ सूचक ७.३३ अंक, फ्लोट सूचक २.८६ अंक र सेन्सेटिभ फ्लोट सूचक भने २.५९ अंकले घटेको छ। नेप्सेका १३ वटा उपसूचकमध्ये सोमबार १३ वटै उपसूचक घटेर राताम्मे भएका छन्।

 निर्जीवन बीमा तर्फको सूचक २७०.१३ अंक, होटल तथा पर्यटनतर्फको उपसूचक १२१.९८ अंक, जीवन बिमातर्फको उपसूचक १२१.५४ अंक, विकास बैंकतर्फको उपसूचक ९५.४३ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार ८२ लाख ७६ हजार ७ सय ५१ कम्पनीको सेयर किनबेच हुँदा तीन अर्ब १ करोड ७० लाख ६३ हजार ९ सय ५६ रूपैयाँको कारोबार भएको छ। आइतबार नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा झरेको छ। 

प्रकाशित: १७ माघ २०७९ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App