२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सनराइज फोकस्ड इक्विटी फण्ड निष्कासन

सनराइज क्यापिटलले यही माघ २४ गतेबाट सन्राइज फोकस्ड इक्विटी फण्ड निष्कासन गर्न लागेको छ।

सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्कासन गर्न लागेको यस फण्डको कोष प्रवर्द्धक सनराइज बैंक तथा योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ। बन्दमुखी योजनाको यस एकाइ बिक्रीबाट संकलित रकमको ८५ देखि सय प्रतिशतसम्म शेयरमा लगानी गर्ने अर्थात् इक्विटी ओरिएण्टेड योजना हुने भएको बैंकले जनाएको छ।

योजनामा कोष प्रवर्द्धक सनराइज बैंकले बिक्री गर्ने कुल एकाइ रकमको कम्तिमा १५ प्रतिशत अर्थात् पन्ध्र करोड रकम बीज पुँजीको रूपमा लगानी गर्ने क्यापिटलले जनाएको छ।

प्रकाशित: १६ माघ २०७९ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App