२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सय बेड क्षमताको क्यान्सर अस्पताल तयार

चितवन मेडिकल कलेजभित्र सय बेड क्षमताको क्यान्सर अस्पताल तयार भएको छ।

‘सिएमसी क्यान्सर इन्स्टिच्युट’नाम दिइएको सो अस्पतालमा क्यान्सर रेडिएसनलगायतका सेवा भने सञ्चालनमा आइसकेका छन्। साथै रक्तक्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको परीक्षण र उपचार सुरु गरिएको इन्स्टिच्युटका रेडिएसन अंकोलोजिष्ट डा. सुवास ठाकुरले जानकारी दिएका छन्।  

उनका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन्। इन्स्टिच्युटमा क्यान्सरका बहिरंग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन्। क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरिसकेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए।

रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित आवश्यक अत्याधुनिक उपकरण ल्याइसकिएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए।

प्रकाशित: १५ माघ २०७९ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App