२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

प्रभु बैंकको सिइओमा पुनः शेरचन

प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्। प्रभु बैंकसँग सेञ्चुरी कमर्सियल बैंक मर्ज भएपछि बैंक सञ्चालक समितिले शेरचनलाई पुनः सिइओमा नियुक्त गरेको हो।

बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई चार वर्षे कार्यकालका लागि पुनः सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। फाइनान्सबाट सुरु भएको प्रभुले विभिन्न वित्तीय संस्थालाई मर्ज तथा एक्वायर गर्दै आएको छ। शेरचनको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंक बनेको थियो।

सेन्चुरीसँग मर्ज भएपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रूपैयाँ पुगेको छ। निक्षेप परिचालन २ खर्ब ७० अर्ब ९२ करोड रूपैयाँ पुगेको बैंकले जनाएको छ।

प्रकाशित: १३ माघ २०७९ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App