७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्ने

नेपाल मैदा उद्योग संघले भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्ने माग सरकारसँग गरेको छ। गहुँ उपलब्ध भएमा उद्योग चल्ने र सबै क्षेत्रलाई फाइदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाइदिन समेतसरकार समक्ष संघले अनुरोध गरेको छ। भारतले गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा÷आँटाको चरम अभाव भएको व्यापारीहरूको गुनासो छ।  

प्रतिबन्धका कारण मैदा/आँटा कच्चा पदार्थको रूपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी-नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठूला–साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसकिएको उनीहरूको आरोप छ। साथै आम उपभोक्ताको दैनिक खाद्यान्नको रूपमा चामलको सट्टा रोटी खाने बानीको विकास भएकाहरूलाई समेत प्रत्यक्ष प्रभाव परेको व्यवसायीको दाबी छ।

भारत सरकारको प्रतिबन्ध पश्चात् मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हुँदा मैदा/आँटाको मूल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई संघले दिँदै आए पनि यसबारे सम्बोधन नहुँदा व्यवसायीहरू मारमा परेका बताएका छन्। यसैकारण देशभरिका ८० प्रतिशत मैदा उद्योग बन्द हुने अवस्थामा पुगेका तथा बाँकी उद्योगहरूपनि हप्ता दिनमा पूर्ण रूपले बन्द हुने अवस्थामा रहेको उनीहरूको भनाइ छ।

प्रकाशित: १३ माघ २०७९ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App