१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजारमा विश्व चर्चिच ब्रान्ड रेनोल्टको प्रवेश

काठमाडौं- नेपाली अटोमोबाइल्स क्षेत्रमा विश्वको चर्चित ब्रान्ड रेनोल्ट थपिएको छ। एडभान्स अटोमोबाइल्सले नेपालका लागि आधिकारिक बिक्रेता हुँदै रेनोल्ट गाडी भित्र्याएको छ। पहिलो पटक नेपालमा प्रवेश गरेको यस कम्पनीले सोमबार (भदौ १३ गते) औपचारिक रुपमा सार्वजनिक गर्दैछ। 'हामीले नेपालमा पहिलो पटक विश्वको उत्कृष्ट ब्रान्ड रेनोल्ट ल्याएका छौं,' एडभान्स अटोमोबाइल्सका मार्केटिङ म्यानेजर सन्दिप क्षेत्रीले भने, 'रेनोल्ट ब्रान्डलाई अगस्ट २९ (भदौ १३ गते) औपचारिक रुपमा काठमाडौंमा सार्वजनिक गर्दैछौं।'

रेनोल्ट विश्वको प्रख्यात फ्रान्सको कम्पनी हो। सन् २००५ मा निशान कम्पनीसँग साझेदारी गरेर भारतमा पहिलो पटक सार्वजनिक भएको थियो। विश्वको चर्चित ब्रान्डलाई नेपालमा ल्याउँदा उत्साहित रहेको क्षेत्रीले बताए।

प्रि–बुकिङ समेत सुरु गरिसकेको रेनोल्ट ब्रान्ड अन्तर्गत हाल दुई गाडी उपलब्ध भएको क्षेत्रीले बताए। यस ब्रान्डमा रेनोल्ट डस्टर र रेनोल्ट क्विड उपलब्ध छन्। २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको डस्टर १५९८ सिसी रहेको छ। वर्ल्ड क्लास सेक्युरिटी फिचर रहेको डस्टर डस्टर पर्ल ह्वाइट, ग्यालेक्सी ब्ल्याक, मुनलाइट सिल्भर, अमाजन ग्रिन, वुडल्यान्ड ब्राउन, अमेट ग्रे र सेना अरेन्ट गरी सात रङमा रेनोल्ट उपलब्ध छ।

३ वटा भेरियन्टमा उपलब्ध भएको रनोल्ट क्विड उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको एसयुभी गाडी हो। ८०० सिसी भएको यो गाडी आफ्नो इच्छा अनुसार ५ कलरमा छान्न सकिन्छ। फेरि रेड, आइस कुल ह्वाइट, मुनलाइट सिल्भर, आउटब्याक ब्रोन्ज र प्लानेट ग्रेमा क्विड उपलब्ध छ।

बजारमा उपलब्ध गाडीमध्ये क्रेटा, इको स्पोर्टस, होन्डा विआरभीलाई आफ्नो प्रतिस्पर्धी मान्छन् क्षेत्री। रेनोल्ट गाडी धेरै सुविधा सहित सजिलो र आरामदायी यात्रा गर्न सकिने भएकाले यसले नेपाली बजारमा छुट्टै पहिचान हुने क्षेत्री बताउँछन्।

अहिले भारतको कुल अटो मोबाइल्सको बजारमा झन्डै ३० प्रतिशत रेनोल्टले ओगटेको उनको भनाइ छ। 'भारतमा ३० प्रतिशत बजार रेनोल्टको छ,' क्षेत्रीले भने, 'नेपालमा पनि यसले आफ्नो राम्रो बजार बनाउने निश्चित छ।' नेपालको बाटोको अवस्था अनुसार चलाउनका लागि यो गाडी उपयुक्त भएको क्षेत्री दाबी गर्छन्।

भदौ १४ गतेदेखि सुरु हुन लागेको अटोमोबाइल प्रदर्शनीभन्दा अघि नै सार्वजनिक गर्न लागिएको रेनोल्ट यसै अवसरमा केही डिस्काउन्टको अफर पनि ल्याउने सोच रहेको क्षेत्रीले बताए।

प्रकाशित: १० भाद्र २०७३ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App