८ वैशाख २०८१ शनिबार
अर्थ

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ तोकिएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार सात सय रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।  

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

प्रकाशित: ८ माघ २०७९ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App