१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सूर्यज्योतिको न्यानोपन’ अभियान सञ्चालन

सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानहरूमा ‘सूर्यज्योतिको न्यानोपन’ अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।

सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रूपमाअवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनेर असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।  

उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्न सावधानीका विभिन्न उपाय अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको हो।

कम्पनीको ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेहीकाख र सत्प्रयास नामक संस्था सञ्चालन गरेको थियो।  

साथै गुल्मीमा, बौद्धिक-बहिरा–अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण र माझिगाँउ बलिथुमका बिपन्न परिवारहरूलाई न्यानो कपडा बितरण गरेको थियो।  

अभियानअन्तर्गत लक्ष्मनिया गाउँपालिकामा गरिब तथा विपन्नहरूलाई कम्बल वितरण गरेको थियो। लक्ष्मनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्य ज्योति लाइफ इन्स्योरेन्सका मधेश प्रदेशका प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो।  

साथै जलेश्वर, लाहान र विरगञ्जमा पनि कम्बल वितरण कार्यक्रम गरिएको थियो।

केही हप्तादेखि चिसो क्रमिक रूपमा बढ्दै गएकाले यसबाट जोगिन कम्बल तथा कपडा बितरण अभियान चलाइएको र यस किसिमका अभियान देशको अन्य बिभिन्न स्थानमा पनि गर्दै जाने प्रतिबद्धता जनाउँदै आफ्ना बिमितहरूले पाउने सेवा सुबिधालाई अझ सुदृढ गर्दै लैजाने कुरा प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले बताएका छन्।

प्रकाशित: ८ माघ २०७९ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App