१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सातौं म्याग्दी महोत्सव समापन, १० करोडको कारोबार

१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव आज समापन भएको छ। शनिबार १० दिनदेखि सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला समापन भएको हो।  

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीबजारको खुलामञ्चमा पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा १० करोडको कारोबार भएको हो।  

उनले भने, ‘अपेक्षा गरे अनुसारकै कारोबार भएको छ, महोत्सव सफल बनाउने सबैप्रति आभारी छौ।’  महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेषभूषाको जगेर्नामा समेत सघाएको आयोजकको भनाई छ।  

महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका थिए भने समापन गण्डकी प्रदेशका नवनियु्क्त मुख्यमन्त्री खगराज अधिकारीले समापन गरेका थिए। महोत्सवमा कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो।  

महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरुमा समेत उत्साहजनक कारोबार भएको थियो। महोत्सवमा एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ। म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो। हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको थियो।              

प्रकाशित: ७ माघ २०७९ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App