१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

युनियन, प्राइम र गुराँस इन्स्योरेन्स एक आपसमा गाभिँदै

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता-पत्रमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पियुषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात १ः१ः१ कायम गरिएको छ।

यस्तै नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने अध्यक्षमा शुलभ अग्रवाल हुने भएका छन्। साथै प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण हुने भएका छन्। सम्झौता अनुसार गाभिने प्रक्रियाका आवश्यक सम्पूर्ण कार्यहरू सम्पन्न गरी २०७९ चैतभित्र एकीकृत कारोबार गर्ने समयावधि निर्धारण गरिएको छ भने कम्पनीका शाखा र कर्मचारी समायोजनका कार्यहरू समेत सम्पन्न गरिने भएको छ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तीन वटा कम्पनी एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउँदै नियमनकारी निकायको तर्फबाट गाभिने कार्यमा पूर्ण सहयोग रहने बताएका छन्। 

प्रकाशित: ४ माघ २०७९ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App